कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने

कार्तिक ६, काठमाडौं
नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

परिक्षको लागि परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो ।

परीक्षा सुरु हुने समय विहान ८ बजे हुने भएको छ । शनिबार समेत परीक्षा सञ्चालन गरेर मंसिर १६ मा सबै विषयको परीक्षा सम्पन्न हुने अध्यक्ष पौडेलले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button