हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती कोरोनाबाट मुक्त

कार्तिक ६ , काठमाडौ
नेपालका वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिए ।

फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिएका छन् । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आचार्य दम्पती होम आइसोलेशनमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button