बडा दशैको आजको दिन मान्यजनको हातबाट टिका ,जमरा र आर्शिवाद ग्रहण गरिदै, शुभ साइतको टिको १०ः१९ बजे

तनहुँ खबर
कार्तिक १०
नेपालीहरुको महान चाड आज बडा दशैको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गा भवानिको टिका ,जमरा र आर्शिवाद ग्रहण गरी मनाईदै छ ।

शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाईने यो पर्व सम्पुर्ण नेपालीको लागि बिषेश पर्वको रुपमा मनाइने गरिन्छ ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button