अवैध कौडा खेल्ने १६ जुवाडे पक्राउ

कार्तिक २६ तनहुँ । तनहुँको भानु नगरपालिका स्थित चोकमैदान हानहटियाबाट जुवा खेल्दै गरेको अवस्थामा १६ जुवाडे पक्राउ परेका छन् ।

तनहुँ प्रहरीलाई प्राप्त भएको गोप्य सुचनाको आधारमा शनिबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा ७ जनाको टोलीले जुवाडेलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

जुवा(कौडा) खेल्दै गरेका अवस्थामा उनीहरु सहित जुवा खालबाट ४८ हजार २सय ७० रुपैयाँ नगद समेत नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनु भयो ।

पक्राउ पर्नेमा सोही ठाउँका अर्जुन उप्रेति, राम बहादुर परियार, सुनिल तामाङ, रमेश लौडारी, कमल तामाङ, शिवजी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  यस्तै गरी अन्य पक्राउ पर्नेमा रामकुमार श्रेष्ठ, भरत लौडारी, मखन कुमार श्रेष्ठ, सञ्जय श्रेष्ठ, हेमराज लौडारी ,सुर्यकुमार श्रेष्ठ, शङकर पाण्डे, शिब पन्त, उद्धव उप्रेती र गजेन्द्र लौडारी हुन् ।

शुक्रबार देखि उनिहरुले जुवा खेली रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button