बृद्ध–बृद्धाहरु विहानदेखि घण्टौ लाइनमा बस्न बाध्य

अशोक विश्वकर्मा तनहुँ ।  स्थानिय तहले उचित व्यवस्थापन गर्न नसक्दा बृद्धाहरु कोरोना कहरका बिचमै सामाजिक सुरक्षा भत्ता थाप्न बाध्य बनेका छन ।

चाडबाड नजिकिदै गर्दा चौमासिक रुपमा प्राप्त हुने भत्ता लिन जोखिम मोलेर बैक तथा वित्तीय सस्थाहरुमा घण्टौँ लाइन बस्नुपर्ने बृद्ध बृद्धाहरु बाध्यता छ । अहिले स्थानियतहहरुले कोरोना संक्रमण रोकथाम तथा सचेतनाको लागि मोटो रकम छुट्याई रहदा वडाले नै यसमा ध्यान दिन सकेको छैन ।

अहिले एकातिर कोरोना महामारी छ भने अर्को तर्फ कोरोनाको वास्तै नगरि जेष्ठ नागरिकहरु जोखिम मोलेर बृद्धा भत्ता लिन बैकमा लामबद्ध रुपमा बसेका छन । केहि वर्ष अघि संम्बन्धित वडाबाटै भत्ता बुझ्ने गरे पनि बैकिङ्क प्रणालीमा गए पछि जेष्ठ नागरिक अपाङ्ग तथा एकल महिलाहरुले प्रत्येक चार चार महिनामा बैक मार्फत भत्ता बुझ्ने गरेका छन ।

आफ्ना वडाका नागरिकलाई वडाबाटै सुरक्षित रुपले बृद्धा भत्ता दिन सहजीकरण वडाले गर्न पाउने अधिकार भए पनि वडाले यस विषयमा ध्यान दिन सकेको छैन ।  बृद्ध भत्ता लिनेको अहिले हरेक बैकमा लाम लागेको छ । जिल्लामा रहेका स्थानियतहरुले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न उपाय अपनाइ रहदा यो विषयमा भने वडाले काम गरेको भेटिदैन । बैकमा लाग्ने लामले स्थानिय तहले चालेको रोक थाम र नियन्त्रण माथि नै प्रश्न उठेको छ ।

बृद्धा भत्ता लिन आउने अधिकाशले स्थानिय तहले भत्ता लिनको लागि वडामा नै सहजिकरण नगरिदिने हो भने आफुहरुलाई सुरक्षित र सहज हुने बताउँछन् । आफुहरु कोरोना कहरकै बिचमा रकम बुझ्न बाध्य बनेको जेष्ठ नागरिकहरुले गुनासो छ ।

फिरफिरेबाट सामाजिक सुरक्षा भत्ता बुझन आउनु भएकी एक बृद्धाले घरको दैलैमा सरकार आएर पनि आफुहरुले यस्तो विषम परिस्थीमा सुविधा नपाएको गुनासो गर्नुभयो । ‘विहान चाडै पालो आउछ भनेर ९ बजे देखि लाइनमा छु, बृद्ध छु कोरोनाको डर पनि छ तर के गर्नु यहि पैसाले आफुलाई खर्च टार्नुपर्छ’ दुलेगौडाका मुक्तिनाथ विकास बैकमा भत्ता बुझ्न आउनुभएकी उहाँले गुनासो गर्नुभयो ।

वडामा प्रत्येकलाई व्यवस्थित रुपमा भत्ता बाड्न सक्ने ग्रामिण क्षेत्रबाट भिडभाड सहित सवारीमा बसेर बजार आउनुपर्ने बाध्यता बृद्धबृद्धाहरुलाई नआउने वडा सदस्य सन्तोष श्रेष्ठको भनाई छ ।  वडासदस्यहरुले गुनासो गरे पनि सुनुवाईनहुने गुनासो गर्दै आउनुभएका शुक्लागण्डकी ४ का श्रेष्ठले सवारी साधनमा भिड गरेर यात्रा गर्दा र बैकमा बाक्लो उपस्थितीले सास्तीसँगै संक्रमणको जोखिम उच्च हुने बताउनुभयो ।

यता बैकले समेत संक्रमणको जोखिम कम गर्नका लागि आवश्यक पहल गरेको मुक्तिनाथ विकास बैकका शाखा प्रबन्धक सरोज गौतमले बताउनुभयो । उहाँले सम्वन्धित वडाको टोलमा निश्चित संख्यामा बृद्धबृद्धाहरुलाई पठाउन आग्रह गरिएको जनाउदै मौखिक संचारका कारण आउनेहरु बढेकाले सेवाग्राहीहरु बढी भएको बताउनुभयो ।

उहाँले बैकमा जोखिम कम गर्नका लागि अनिवार्य माक्सको प्रयोग स्यानीटाइजर प्रयोग गर्न आग्रह सहित कुपनको ब्यवस्था गरिएको जानकारी दिनुभयो ।  जिल्लाका अधिकाँश बैकहरुमा कुपन लिएर पालो कुर्नुुपर्दा बृद्धबृद्धाहरुले सास्ती खेप्न भने बाध्य रहेका छन् । यहाँको एनआइसी एसिया बैकमा समेत दैनिक ४० देखि ५० जनालाई भत्ता वितरण गरिने ब्यवस्था गरिने भएता पनि अन्य सेवा लिनेहरुको चाप अध्याधिक रहेकाले भिड हुने गरेको छ । प्रबन्धक सुधा श्रेष्ठले जोखिम कम गर्न आवश्यक प्रबन्ध मिलाइएको दावि गर्नुभयो ।

अरु समयमा अफै बैकमा गएर भत्ता बुझे पनि यो सममया भने वडाले नै समन्वय गरि बृद्ध आमाबुबालाई सेवा दिने हो भने अझै राम्रो हुने देखिन्छ । त्यसैले महामारिको समयमा स्थानीय तहहरुले आफ्ना जनताहरुलाई उचित सेवा र सुविधा उपलब्ध सक्नुपर्ने नागरिकहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button