मैत्रीपुर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

कार्तिक २०, बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली ढाका प्रस्थान गरेको छ।

२५ खेलाडी र अफिसियलसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो।

ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन्। टिमका महत्वपूर्ण केहि सदस्य भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन्।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यस अघि नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button