जन्मदिन मनाउने खर्च शैक्षिक क्षेत्रमा

सालिकराम सुनार/ भिमाद । भिमादका एक ब्यक्तिले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री पदान गरेर मनाएका छन् ।

नगरपालिका भित्र रहेका झण्डै ४३ विद्यालयका विद्यार्थीहरुलाई आवश्यक पर्ने कापी कलम लगायतका सामाग्री दिएर उनले जन्मदिन मनाएका हुन् ।

भिमाद नगरपालिका ६ साझा चोकका मनोज भेटनरीका प्रोपाईटर नारायण पौडेलले आफ्नो ५१ औँ जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई सहयोग गरेका हुन् । समाजसेवि समेत रहेको पौडेलले नगर भित्रका झण्डै ३ सय ५४ जना विद्यार्थीहरुले प्राप्त गर्ने गरि ११ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेका थिए ।

उनले प्रदान गरेको सामाग्री विद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार विद्यार्थीले प्राप्त गर्नेछन् । आइतबार भिमाद नगरपालिकामा प्रधानाध्यापकहरुको बैठक भएको मौका पारि उनले जन्मदिन मनाएका थिए ।

कार्यक्रममा उपस्थित भएका भिमाद नगरपालिकाका शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख टेकावती ढकाल, स्रोत ब्यक्ति केशवराज वाग्ले लगायतले जन्मदिनलाई सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिएका थिए ।साथै जन्मदिनको अवसरमा धेरैधेरै शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button