तनहुँमा ५ जनाका कोरोना संक्रमण पुष्टि एकको निधन

दुलेगौडा ।। तनहुँको भिमाद नगरपालिका वडा नं. ९ का ६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी जानकारी दिएको छ । गत कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका उक्त पुरुष कार्तिक २० गते बिहिबार मृत्यु भएको तथ्यङकमा उल्लेख छ ।
तनहुँको विभिन्न स्थानिय तहका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकीमा नगरपालीकामा वडा नं.४ का ४२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी व्यास नगरपालिका वडा नं.६ का ६३ बर्षीय एक महिलामा कोरोना संक्रमण देखीएको छ । बन्दिपुर गाउँपालिका वडा नं. २ का २४ बर्षीय महिला र ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख छ । साथै सोही स्थानिय तहको वडा नं. ५ का ५२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानएको छ ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button