बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।। मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

ढाकामा बुधबार गरिएको कोरोना परिक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको बताइएको छ ।अन्य खेलाडीको नतिजा भने नेगेटिभ आएको छ । ती खेलाडीलाई अस्पतालको एकान्तबासमा राखिएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

खेलाडीको परिचय भने गोप्य राखिएको छ ।कोरोना देखिएसँगै उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।नेपालले शुक्रबार बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै नेपालले मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

गत हप्ताको रिपोर्टमा उनीसहित २५ खेलाडी र ११ अफिसियलको रिपोर्ट नेगेटिभ आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button