दुर्घटनामा मोटरसाईकल चालक घाईते

दमौली । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ गोल्लामा शुक्रबार विहान ११ वजे ट्रक र मोटरसाईकल ठोक्किदाँ एक जना घाईते भएका छन् ।

मोटरसाईकल चालक लमजुङको वेशीसहर नगरपालिका–११ का वर्ष ४५ का श्यामनारायण श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौली जाँदै गरेको ग ३३ प १९२ नम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको ग १ख ७३११ नम्बरको ट्रक ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाईते श्रेष्ठको दमौली स्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचार गर्न पोखरा रिफर गरिएको घटनास्थलबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका जवान रामशरण थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button