तनहुँकी मनिषा गोल्डेन आईडलमा टप सेभनमा

म्याग्दे ।। नेपाल गोल्डेन आईडलको टप सेभेनमा तनहुँकी मनिषा श्रेष्ठ पुग्न सफल भएकी छिन् । प्रतियोगिताको नृत्य तर्पmबाट मनिषा छनोट हुनु भएको हो ।

म्याग्दे गाउँपालिकाको मिन माध्यामिक विद्यालयमा कक्षा–८ अध्ययन गर्ने मनिषा १४ वर्षको हुुनुहुन्छ । सानै देखि नाच्न सिपालु मनिषा पढाईमा अब्बल रहेको विद्यालयले जनाएको छ । मनिषाले तनहुँको खैरेनीटार महोत्सवले गत वर्ष आयोजना गरेको नृत्य प्रतियोगितामा भाग लिएर आफुलाई अब्बल सावित गर्दै प्रथम हुनु भएको थियो । आफ्नो परिवारबाट पुरा साथ पाएकोले नृत्यमा आगाडी बढ्न सहज भएको मनिषा बताउनुहुन्छ । सानै देखि छोरी नृत्यमा सिपालु भएको र त्यस क्षेत्रमा नै उनको भविश्य उज्ज्वल देखेर मद्धत पु¥याउँदै आएको मनिषाका बुबा मेहरमान श्रेष्ठले बताउनुभयो ।

मनिषा घरमै नृत्य सिक्नु भएको हो । आफ्नै दिदी निता र सञ्जुले नृत्य गर्न सिकाएको मनिषा बताउनुहुन्छ । आफुलाई यहा सम्म आउनलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब अझै प्रतिष्पर्धी समय भएकोले थप सहयोग र साथको आवश्यकता रहेको मनिषाले बताउनुभयो । निरन्तर भोट गरेर बिजेता बन्नलाई सहयोग गर्न मनिषाले सबैलाई आग्रह गर्नु भएको छ । गोल्डेन आईडल प्रालिले आयोजना गरेको यस प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपियाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button