कौडा खेल्दै गरेको अवस्थामा १४ व्यक्तिलाई प्रहरीले पक्राउ

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं १ छापमा गत मंगलबार कौडा खेली रहेका अवस्थामा १४ व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

छापा स्थित रविन पौडेलको खालि घरबाट कौडा खेली रहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल बहादुर सुनार (भिमसेन), भक्त बहादुर थापा मगर, प्रजुन बस्नेत, भरत कामी, हिक्मत शेराला, लक्ष्मण कपाली, राज कुमार कपाली, राजु पौडेल, सन्त बहादुर थापा, सुरज सुनार, विकास बि.क, रवि कपाली, महेश कपाली र मनिष थापा रहेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय भानुमा आएको गोप्य सुचनाको आधार प्रहरी निरीक्षक प्रकाश भुषालको कमाण्डमा खटाएको टोलिले नेपाली नगद ५५ हजार ६०५ रुपैयाँ, कौडा १६ थान लगायतका सामानहरु बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button