सवारी दुर्घटनाका दुई घटनामा चार घाइते

दुलेगौडा । शुक्लागण्डकी नगरपालिका स्थित पृथ्वीराजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि चार जना घाईते भएका छन् ।

बुधबार विहान दुलेगौडामा दमौली तर्फ जादै गरेको ग १ झ ४६१ नम्बरको टाटा गाडीको ठक्करबाट विपरित दिशा तर्फ आइरहेका मोटरसाकल चालक र पछाडी सवार दुई जना घाइते भएका छन् ।

सिचाईका गाडीले ठक्कर दिदाँ चालक शुनपा ८ का देवेन्द्र श्रेष्ठ र अनु भट्टराई सामान्य घाइते भएका छन् । उनीहरुलाई तनहुँ सेवा अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै शुक्लागण्डकी नगरपालिकाकै कुम्ले खोलामा विपरित दिशा तर्फ जादै गरेको दुई मोटरसाइकल आपसमा ठक्कर खाएको छ । ग.६ प १९५ नं. र ग.१७ प ९७०४ नं.को मोटर साइकल दुर्घटना हुदाँ ग ६ प १९५ नं. मोटरसाईकल चालक रूकुमका पवन चन र पछाडी सवार म्याग्दे गाँउपालिकाका विवश थापा घाईते भएका छन् ।

उनीहरुको जिपी कोईराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार गरिएको छ ।  दुवै दुर्घटनाका सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button