तनहुँमा यस बर्ष धान उत्पादन ६ प्रतिशतले बृद्धि

हरि खरेल/दुलेगौडा । तनहुँमा गत बर्षको तुलनामा यस बर्ष धान उत्पादन ६ प्रतिशतले बृद्धि भएकोे छ । यस बर्ष बाझो रहेका खेतमा समेत धान खेति भएसंगै उत्पादनमा बृद्धि आएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थ विज्ञ ससि अधिकारीले जानकारी दिनुभयो ।

यस बर्ष जिल्लाभित्र १२ हजार ६ सय हेक्टर क्षेत्रफलमा लगाईएको धानमा ५० हजार १ सय ४८ मेट्रिकटन धान उत्पादन भएको अधिकारीले बताउनुुभयो । गत बर्षको तुलनामा यस बर्ष तनहुँ जिल्लाभित्र ५९६ हेक्टर क्षेत्रफलमा धान खेति भएको हो । “कोरोना माहामारीका कारण धेरै व्यक्तिहरु कृषि क्षेत्रमा लागेको छन् ।” उँहाले भन्नुभयो, “यसले गर्दा यस बर्ष धान खेतिमा पनि बृद्धि भयो ।”

समग्र जिल्लाको तथ्यङक अनुसार धान उत्पादनमा बृद्धि भए पनि क्षेत्रफल अनुसार उत्पादन नभएको अधिकारीले बताउनुभयो । गत बर्ष जिल्लामा २ हजार ४ हेक्टर क्षेत्रफलमा ४७ हजार ३ सय ६० मेट्रिकटन धान उत्पादन भएको थियो । धान रोप्दाको समयतिर परेको निन्तर बर्षत र पहिरोका कारणले धान खेतिमा क्षेति पुगेको बताउनुभयो । “यदि उक्त क्षेति नपुगेको भए केही प्रतिशत उत्पादन वृद्धि हुन्थ्यो ।” उँहाले भन्नुभयो ,“गत बर्षको तुलनामा यस बर्ष धान खेति बढी भएता पनि समग्रमा हेर्दा उत्पादन भने बराबरी जस्तै रहेको देखिन्छ ।”

हाल जिल्लाको चुँदीफाँट, गजौडे, कलेस्ती, पुर्कोट, अत्रौली, पुट्टार आँबुखैरेनी, साँगे लगायत फाँट धान खेतीका लागि प्रख्यात क्षेत्रको रुपमा लिईएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा युरीया मलको अभावका कारण धान खेती राम्रो नभएको कृषि प्राविधिक भरत जैसिले बताउनुभयो । आवश्यक भन्दा पानी बढी पर्दा धान राम्रो संग उत्पादन हुन नसकेको उँहाको भनाई छ । शुक्लागण्डकी नगरपालिका भित्र धान उत्पादन हुने ठाउँमा बाढी पहिरो र मलको अभावका कारण गत बर्षको तुलनामा कम उत्पादन भएको जौसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button