बुल्दी पुलको उद्घाटन अवधिभर वरपरका क्षेत्रमा निषेधाज्ञा जारी

दमौली । तनहुँ  प्रशासनले व्यास १ स्थित बुदी मोटरेबल पुलको उद्घाटनका क्रममा पक्ष र विपक्षमा झडप हुने देखिएकाले निषेधाज्ञा जारी गरेको प्रजिअ सागर आचार्यले जानकारी दिनुभयो ।

मध्याह्न १२ बजेबाट लागू हुने गरी साँझ ६ बजेसम्म पुल र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।

तालघरे र दुम्सी जोड्ने पुलको दिउँसो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलबाट उद्घाटन तय भएको छ । तर प्रशासनले भने पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गरे पनि पृथ्वी राजमार्गको यातायात आगमनमा समस्या नहुने प्रजिअ आचार्यले बताए । त्यस क्षेत्रमा सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button