न्यानो कपडा सहयोग गरि जन्मदिनको सेलिव्रेशन

दुलेगौडा ।  तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रबाट कम्युनिष्ट राजनितिमा उदाउदै गरेका युवा नेता मिलन महतले न्यानो कपडा प्रदान गरि आफ्नो जन्मदिन मनाउनुभएको छ ।

महतले आर्थिक अवस्था कमजोर रहेका एक बालकलाई चिसो बढ्दै जाँदा न्यानो कपडाको आवश्यकता महशुष गरि जन्मदिनमा सहयोग गर्नुभएको हो । राजनितिसँगै पशुपालनमा समेत संलग्न महत नेपाल कम्युुनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला सचिवालय सदस्य समेत हुनुहुन्छ ।

समाजमा फरक केही गरौँ भन्ने सोच सहित जन्मदिन मनाउनुभएका उहाँलाई वडा न ९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठ, वडा सदस्य दिलबहादुर थापा, सुनिता विक लगायतले शुभकामना दिदै राम्रो कार्य गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

सोही वडाका विमल भुजेललाई न्यायो कपडा प्रदान गर्ने कार्यक्रम महतसँगै अनेरास्ववियु तनहुँका सचिवालय सदस्य सुमन श्रेष्ठ, युवा संघका पूर्व क्षत्रीय सदस्य अशोक महत, ढोरवाराही युवा क्लवका अध्यक्ष रविन्द्र पौडेल, सदस्य इश्वर सुवेदी लगायत सहभागि भएका थिए । भुजेललाई जन्मदिनको अवसरमा ट्राक, पञ्जा, टाउजर, टोपी, मेजा लगायतका न्यानो कपडा सहयोग गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button