सवारी दुर्घटना हुदाँ १ व्यक्ति घाइते

दमौली । तनहुँको व्यास नगरपालिका ४ शहिद गेट स्थित पृथ्बी राजमार्गमा ट्याक्टर र स्कुटर एक–आपसमा ठक्कर खादा एक व्यक्ति घाईते भएका छन् ।

घाईते हुनेमा सोही नगरपालिका ४ सितल टोल बस्ने २२ बर्षीय महेन्द्र गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । दमौलीबाट बुल्दिपुल तर्फ जाँदै गरेको ना ६ त २२९१ नं.को ट्याक्टर र बिपरित दिशाबाट आउँदै गरेको ग १२ प ८२९४ नं. को स्कुटर एक आपसको ठक्करले गुरुङ घाईते भएका हुन् ।

दुर्घटना पश्चात घाईते गुरुङलागि उपचारको लागी रत्नहरि अस्पताल दमौली पठाईएको थियो । दुर्घतना पश्चात प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको थियो । हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button