स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टिसंगै फरफिरे स्वास्थ्य चौकी बन्द

हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका १२ स्थित फिरफिरे स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टिसंगै उक्त स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु बन्द गरीएको शुक्लागण्डकी नगरपालिका स्वास्थ्य  शाखा प्रमुख अजयकुमार श्रीबास्तबले जानकारी दिनुभयो ।

स्वास्थ्यचौकीमा कार्यरत अन्य कर्मचारीको पिसिआर परीक्षण गर्नुपर्ने भएकाले स्वास्थ्य सेवा बन्द गरिएको श्रीबास्तबले जानकारी दिनुभयो ।  परीक्षण रिपोर्ट नआए सम्म स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु बन्द रहने बताउनुभयो

यस गरि सोही नगरपालिका वडा नं. शुक्लागण्डकी नगरपालिका ११ स्थित ढोर फुलबारी शहिद अस्पतालमा स्वास्थ्य सेवा सुचारु भएको छ । १४ गते एक स्वास्थ्यकर्मीमा संक्रमण देखीएपछि उक्त अस्पताल बन्द गरीएको थियो । आईतबार बाँकी कन्ट्रयाक टे«सिङमा परेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएसंगै पुर्ण सञ्चालनमा आएको श्रीबास्तबले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button