प्रभावकारि कार्यसम्पादनका लागि कर्मचारीलाई तालिम

दमौली । प्रभाकारि कार्य सम्पादनका लागि तनहुँको ब्यास नगरपालिकाले कार्यरत कर्मचारीलाई तालिम प्रदान गरको छ । कार्यालयबाट प्रवाह गरिने सेवालई प्रभावकारि बनाउन र नगरपालिकाको कार्यसम्पादनको नतिजा गुणस्तरीय बनाउन तालिम प्रदान गरिएको हो ।

तालिमका लागि गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानले मद्धत गरेको छ । कर्मचारीहरुलाई आईतबारबाट क्षमता विकास प्रशिक्षण प्रदान गर्न थालिएको छ । पाँच दिन सम्म सञ्चालन हुने प्रशिक्षणको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभयो ।

सो अवसरमा वाग्लेले प्रशिक्षणले पारदर्शीता र जवाफदेयिताको लागि मद्धत पुग्ने विश्वास बताउनुभयो । साथै उहाँले तनहुँका १० वटै स्थानीय तहमा यस्ता प्रशिक्षण पु¥याउनु जरुरी रहेको बताउनुभयो । कर्मचारी भनेको स्थायी संरचना भएको स्मरण गर्दै वाग्लेले संकट परेकोको अवस्थामा जनप्रतिनिधीको कार्य समेत पाएकोले कर्मंचारीको काँधमा ठुलो जिम्मेवारी हुने बताउनुभयो ।

एक कानले सुनेर अर्को कानले उठाउने काम गर्न नुहुने पनि वाग्लेले बताउनु भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रशिक्षणले कर्मचारीको जिम्मेवारी थपिएको बताएका थिए । ‘प्रशिक्षण लिएपछि यो कुरा जानिएन भन्न मिल्दैन, सिकेकोको कुरा व्यवहारमा उर्तानु पर्छ’ बरालले भन्नुभयो ।

व्यास नगरपालकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले कर्मचारीको माग बमोजिम तालिमको व्यवस्था भएको बताउनुभयो । कार्यसम्पादन गर्न चुस्त र दुरुस्त ल्याउन मद्धत पुग्ने बताएका थिए । स्टाफ मिटिङमा हामीलाई तालिमको व्यवस्था छैन भनेर विशेष गरेर वडा सचिवबाट माग धेरै आएकोे थियो त्यो पुरा भएकाले दक्तचित्त र मन तालिममा हुनु पर्ने उनले बताउनु भएको थियो ।

कार्यक्रम व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको थियो । तालिममा टिप्पणी लेखन, स्थानीय तहको काम कर्तव्य र अधिकार, स्थानीय तहको राजस्व, कर, तथा गैरकर राजस्व, सार्वजानिक खरीद प्रक्रियाका आधारभूत कुराहरु, लेखापरीक्षण र बेरुजु फछ्यौट, शासन, सुशासन र सदाचारको बारेमा प्रशिक्षण प्रदान गरिने प्रशिक्षक टाकेन्द्र रिजालले जानकारी दिएका थिए ।

यसैगरी अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण, वित्तिय अनुशासन कायम गर्न स्थानीय तहले ध्यान दिनु पर्ने कुराहरु, वर्षिक वजेट तथा योजना निर्माण प्रक्रिया र ध्यान दिनु पर्ने कुराहरु, योजना कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन आदिको बारेमा प्रशिक्षण दिईने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button