सदर चिडियाखाना बिहिबार देखि खुल्ने

प्रवेश गरेको साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने

काठमाडौँ । कोरोना महामारीका कारण ९ महिनादेखि बन्द ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भोलि (बिहीबार) बाट खुल्ने भएको छ।

कोरोना महामारीका कारण बन्द रहेको चिडियाखाना सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको हो।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने छ । एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button