प्रहरीले विभिन्न मुद्दामा फरार ९ व्यक्तीहरुलाई पक्राउ

हरि खरेल/दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार ९ व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदमबहादुर बि.क., श्यामलाल श्रेष्ठ लगायत विभिन्न मुद्दामा फरार ७ व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

जिल्लाको व्यास नगरपालिका वडा नं. १० नयाबस्ती बस्ने बर्ष ३३ बर्षीय पदमबहादुर बि.क. बहु बिवाह मुद्दामा बिगत ४ बर्षदेखी फरार रहेका थिए । फरार वि.क माथि तनहुँ जिल्ला अदालतले मिति २०७३/०१/०६ गतेको फैसलाले १ बर्ष ६ महिना कैद र रु. १०,००० जरिवाना तोकिएको थियो । उक्त सजाय र रकम भुक्तानि नगरी फरार भएका वि.क.लाई गत शनिबार (मंसिर–२७ गते) निजको सम्बन्धित घरबाटै पक्राउ गरेको थियो ।

यसै गरी बन्दिपुर गाउँपालिका वडा नं. १ चिसापानी बस्ने श्यामलाल श्रेष्ठ बिगत १२ बर्ष देखी ज्यान मुद्दामा फरार रहेका थिए । जिल्ला अदालतको मिति २०६५/०९/२९ गतेको आदेशले १ महिना कैद र रु. २,००० रुपैया जरिवाना तोकेको थियो । अदालतको फैसलालाई बेवस्था गरी फरार रहेका श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साथै जिल्ला विभिन्न मुद्दामा फरार रहेका ७ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाका फरार १, नाता कायम मुद्दाका फरार ३, सम्बन्ध बिच्छेद मुद्दामा फरार ३ जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

फरार ९ जनालाई आईतबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा जरिवान १२ हजार १ सय ७५ रुपैया र १ बर्ष ५ महिना ९ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button