राष्ट्रिय खेलाडी श्रेष्ठलाई नमुना एफ.सी गाछेपानीकोे आर्थिक सहयोग

हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका २ स्थित नमुना फुटबल क्लब (एनएफसी) गाछेपानीले राष्ट्रिय स्तरका खेलाडी विश्वास श्रेष्ठलाई २५ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

केहि समय अगाडि खेलाडी श्रेष्ठको घरमा ग्याँस लिक भई आगलागी हुदाँ लाखौंको धनजनको क्षेति भएको थियो । साथै उहाँका बुबा रुपनारायण श्रेष्ठलाई पनि करेन्ट लागेर करिब ४ तला बाट तल खस्दा गम्भीर घाईते भएका थिए । घाईते पश्चात श्रेष्ठका बुबालाई उपचारको लागि काठमाडौं स्थित ग्रान्डि अस्पतालमा लगिएको थियो ।

आइसियुमा उपचारत अवस्था खर्च पु¥याउन कठिन भएसंगै क्लबले रकम संकलन गरेर सहयोग गरेको एनएफसी–गाछेपानीका खेलाडी एवम् क्लबका सदस्य रोशन पुनले जानकारी दिनुभयो । क्लबका सदस्यहरुबाट २५ हजार रुपैया संङकलन गरेको बताउनुभयो । उक्त रकम खेलाडी श्रेष्ठलाई फोन सम्पर्क गरेर श्रेष्ठकै खातामा जम्मा गरि दिएको पुनले बताउनुभयो ।

उमेरदेखि नै एन्फा एकेडेमीमा आवद्ध रहेका श्रेष्ठले राष्ट्रिय देखी अन्तर्राष्ट्रिय स्तर सम्मका प्रतियोगितामा सहभागिता जनाईसकेका छन् । उनी हाल हिमालयन शेर्पा क्लबमा आवद्ध रहेको पुनले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button