भिमाद ६ सहित तनहुँमा ७ जनामा कोरोना संक्रमण पष्टि

तनहुँमा बिहिबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा भिमादमा ६ र व्यासमा १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

जिल्लाको भिमाद नगरपालिका वडा नं.२ का ३३ र ७० बर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । साथै सोही वडाको २९ बर्षीय एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको  छ । यसै गरि सोही नगरकै वडा नं. ६ का ६० र ४६ बर्षीय दुई जना पुरुषमा साथै वडा नं.३ का २५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख छ ।

यसै गरि व्यास नगरपालिका वडा नं.९ का ५१ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button