काम ढिला भएको भन्दै पर्वतको मालपोत कार्यालयमा तोडफोड

पर्वत । गण्डकी प्रदेश अन्र्तगत पर्वत जिल्लाको मालपोत कार्यालयमाकाम काम ढिला सुस्ति भएको भन्दै एक सेवाग्राहीले तोडफोड गरेका छन् ।

तमेडफमेड गर्नेकम पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् । कार्यालयका विभिन्न कक्षमा प्रवेश गरी तोडफोड गरेको खबरपछि तत्काल प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालयमा काम भइरहेका बेला जग्गा राजीनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन ढिला भएको भन्दै कर्मचारीलाई समेत गाली गर्दै एक्कासि तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले जानकारी दिनुभयो ।

कार्यालयको कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिनलगायत महत्वपूर्ण कागजातमा क्षति पुर्याएको प्रहरिले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button