शुक्लागण्डकीमा ९ सहित तनहुँमा थपिए १२ कोरोना संक्रमित बिरामी

हरि खरेल / दुलेगौडा । तनहुँमा सोमबार १२ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा जिल्लाको शुक्लागण्डकीमा ९, भिमादमा २ र देबघाटमा १ गरि १२ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका वडा न. ८ का ३ बर्षीय बालिका र २० बर्षीय पुरुष गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरि वडा नं. ४ की २९ र ३५ बर्षीय दुई महिलामा कोरोना संक्रमाण देखिएको छ । साथै वडा नं. ५ का २२ र ३४ बर्षीय दुई पुरुष सहित २३ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यसै गरि शुक्लागण्डकीकै वडा नं.१० की ७३ बर्षीय वृद्धा महिलामा र वडा नं. ३ का ४४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख भएको छ ।

यसै गरी जिल्लाको भिमाद नगरपालिका वडा नं. ६ का २१ बर्षीय पुरुष र २० बर्षीय महिलामा कोरोना पुष्टि भएको छ । साथै देबघाट गाउँपालिका वडा नं. ५ का २९ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button