चेल्सीद्वारा वेस्ट ह्याम ३–० गोलले पराजित

काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई ३–० गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो । जितसँगै १४ खेलबाट २५ अंक जोडेको चेल्सी पाँचौं स्थानमा पुगेको छ । चेल्सीका लागि थिएगो सिल्भाले एक र ट्यामी अब्राहमले दुई गोल गरेका थिए ।

पराजित भएको वेष्ट ह्याम २१ अंकसहित दशौं स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले वुल्भ्सलाई २–१ ले पराजित गरेको छ ।

इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहेको छ भने २७ अंकसहित लेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button