ऋषिङलाई चिनाउन म्याराथुन दौड प्रतियोगिता हुने

ऋषिङ्ग । ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवद्धनका लागि तनहुँको ऋषिङ्ग गाउँपालिकाले पुषको अन्तिम साता खुल्ला म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ ।

ऋषिङ्ग गाउँपालिकाले पुषको २७ गते हुने म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता अन्तर्गत खुल्लातर्फ ४० किलोमिटर र रिसिङ गाउँपालिका स्तरीय ८ किलोमिटरको दौड हुने गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

वडा नं ८ को गढिकोत देखि वडा नं ३ को दुबुङ कोत (भ्युटावर) सम्म ४० किलोमिटर खुल्ला म्याराथुन हुने छ भने वडा नं. ८ को गढिदेखी वडा नं. ६ को ज्यामिरेमाई सम्म को ८ किमि दुरिमा प्रतिष्पर्धा हुनेछ । जसअन्र्गत ८किमि दौडमा पालिकाभित्रका स्थानिय मात्र सहभागी हुन पाउने छन् । अध्यक्ष श्रेष्ठले खेलको माध्यमबाट ऋषिङ्ग क्षेत्रको प्रचारप्रसारका हुने विस्वास ब्यक्त गरेका छन् । खुल्लातर्फको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ३० हजार साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । यसैगरी ८ किलोमिटर गाउँपालिका स्तरीय प्रतियोगिताको प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ६ हजार र ३ हजार प्रदान गरिने छ । प्रतियोगिताको तयारीलाई तिब्रता दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button