आदिकवि क्याम्पसका छात्रालाई स्यानिटरी प्याड

सानेबहादुर नेपाली/ दमौली । छात्राहरुको नियमित पढाईको लागि जिल्लाको व्यासनगरपालिका कार्यालयले मंगलबार आदिकवि भानुभक्त क्याम्पसलाई दुई हजार प्याकेट स्यानिटरी प्याड निशुल्क हस्तान्तरण गरेको छ । व्यासनगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत छात्राहरुको लागि व्यासनगरपालिकाले स्यानिटरी प्याड उपलब्ध गराएको हो ।

व्यास शिक्षा शाखाका अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाई स्यानीटरी प्याड हस्तान्तरण गरेका हुन् । क्याम्पसमा अध्यनरत छात्राहरुको स्वास्थ्य सुरक्षामा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको हो । उक्त क्याम्पसमा रहेका कूल दुई हजार पाँच सय विद्यार्थी मध्ये दुई हजार छात्राहरु मात्रै रहेका छन् ।

उक्त छात्राको संख्या मध्ये ९० प्रतिशत छात्राहरु ग्रामिण क्षेत्रबाट अध्ययन गर्न आएको क्याम्पस प्रमुख कल्पना लम्सालले जानकारी दिए ।
महिनावरीको समयमा हरेक महिना तीन देखि चार दिन सम्म अनुपस्थित हुने गरेका छन् । उनले भने ‘उनीहरुको नियमित अध्ययनको लागि स्यानीटरी प्याडले सहयोग पुग्ने विश्वास गरिएको छ ।’

उक्त क्याम्पस शहरिया र धनाढ्यका छोरा छोरीको तुलनामा अधिकाँश ग्रामिण क्षेत्रका, मजदुर,किसान र रिक्सा चालक लगायतका छोरा छोरीको पहिलो रोजाई बन्दै गएको छ । टुहुरा, आर्थिक क्षेत्रबाट पिछाडिएका,दलित,जनजाति र दुर्गमबस्तीका विद्यार्थीहरुको बढी बाहुल्यता रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button