प्रभु बैकको सहयोगमा दमौलीमा दश होडिङ बोर्ड सहयोग

दमौली । सवारी दुर्घटनाको लागि प्रभु बैक दमौली शाखाले बुधबार दश वटा सचेतनामूलक बोर्ड सहयोग गरेको छ । उक्त बोर्ड दमौलीको बुल्दीखोला पुल देखि मादी नदी पुलसम्मको क्षेत्रमा आवश्यक अनुरुप राखिने जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

उक्त बोर्डको व्यासनगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले सचेतनामूलक बोर्ड राखेपछि त्यसको पालना गरी सवारी चलाउन सके दुर्घटना न्यूनिकरण गर्न सकिने उहाँले बताउनुभयो ।

त्यसैगरी माछापुच्छे« बैक दमौली शाखाले समेत दश वटा होडिङ बोर्ड सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले समेत दुर्घटना न्यूनीकरणको अभियान अघि बढाएको छ ।

अभियानको लागि स्थानीय पालिकाहरुले सहयोग गर्दै आएका छन् । अभियानको क्रममा दुर्घटना धेरै हुने पृथ्वीराजमार्ग खण्डमा ट्राफिक सचेतना सम्बन्धी होडिङ बोर्ड र ट्राफिक कोनहरु राखिएको हो ।

व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिकाको सहयोगमा दुर्घटना न्यूनिकरण सम्बन्धि ति सामग्री राख्ने काम पुरा भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक रेशमबहादुर रानाभाटले
बताउनुभयो ।

अभियानलाई सफल बनाउन ४७ वटा ट्राफिक सचेतना बोर्ड र १० वटा ट्राफिक कोन म्याग्दे गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई सहयोग गरेको थियो । दुर्घटनाको जोखिम बढी भएका क्षेत्रहरु म्याग्दे गाउँपालिकाको गुणादी, मनहरी, अकला, धयेरे, जामुने लगायतका क्षेत्रमा ट्राफिक सचेना बोर्डहरु राखिएको छ । ती ठाउँहरुमा गति सीमित लेखिएका बोर्डहरु पनि राख्ने तयारी भईरहेको छ ।
म्याग्दे गाउँपालिकाले रु.एक लाख ५० हजार रुपैयाँ बराबरको ती सामग्री उपलब्ध गराएको हो । भिमाद र शुक्लागण्डकी नगरपालिकाले पनि राजमार्ग र बजार क्षेत्रहरुमा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना मुलक सामग्रीहरु प्रदान गर्ने बचन दिइसकेको ट्राफिक प्रमुख रानाभाट बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button