दुर्गन्धित क्षेत्र सफाईमा जुटे मेयरदेखि ब्यापारीसम्म

हरि खरेल/ दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा स्थित हेल्थपोष्ट तलको क्षेत्रमा सरसफई कार्यक्रम गरिएको छ । सडक छेउमा नै अब्यवस्थित रुपमा स्थानीयहरुले फोहोर फालिदिदाँ उक्त क्षेत्र दुर्गन्धित बनेकाले शुक्लगण्डकी युवा क्वल दुलेगौडाको अगुवाईमा शनिबार विहान सरसफाई गरिएको हो ।

क्वलले जनप्रतिनिधि, ब्यापारी, समाजसेवि र स्थानीयहरुको सहभागितामा सचेतना मुलक कार्यक्रम सहित सरसफाई कार्यक्रम गरेको अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

नगरले फोहोर व्यवस्थापनको लागि दुलेगौडा बजार क्षेत्रमा हप्तामा दुई दिन संकलन गरेर ब्यवस्थापनको लागि पहल गरेता पनि स्थानीयले उक्त स्थानमा फोहोर फाल्ने गरेको भट्टराईले बताए । “मनिसहरुले मर्निङ् वाक र बेलुकाको समयमा होटल तथा व्यवसायबाट निस्केका फोहोर बोकेर हेल्थपोष्ट तल फाल्ने गरेका छन् ।” उनले भने ।

अहिले फोहोर व्यवस्थापनका लागि नगर र वडासँग पनि समन्वय गरेर क्लबले पनि फोहोर व्यवस्थापनका लागि पहल गर्ने बताए ।
नगरले फोहोरको व्यवस्थापनका लागि काम गरेता पनि फोहोर उठाउनेहरुले लापरबाही गर्दा फोहोर व्यवस्थापनमा समस्या रहेको वडा नं. ४ का वडाध्यक्ष शिबकुमार श्रेष्ठले जानकारी दिए । उक्त समस्यालाई मध्यनजर गर्दै बेला बेला अनुगमन कार्य गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

शनिबार शुक्लागण्डकी युवा क्लब दुलेगौडाले आयोजना गरेको सरसफई कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ, वडा नं. ४ का वडाध्यक्ष शिब कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, ब्यवसासी हरि खड्का लगायतका दुलेगौडाका स्थानीयहरु सरसफाई कार्यक्रममा सहभागित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button