नेपालमै पहिलो पटक तनहुँमा फुटसल समिति गठन

दमौली  तनहुँमा शनिबार भएको एक भेलाले जिल्ला फुटसल समिति गठन गरेको छ । कुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राजेश मल्ल, सचिवमा युवराज भण्डारी र कोषाध्यक्षमा कुमार मल्ल चयन भएका छन ।

समितिको सदस्यहरुमा अनुप राना, विनोद थापा, केशव राना, प्रविन राना र दुर्गा राना भाट चयन भएका छन । समितिको सल्लाहकारहरुमा सुरेश पुरी, अन्जनकुमार श्रेष्ठ, सुवर्ण श्रेष्ठ र कृष्ण नारायण बतास रहेका छन । नेपाल फु्टसल समितिका केन्द्रिय संयोजक रत्नकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सो समिति गठन गरिएको हो ।

सो अवसरमा बोल्दै संयोजक श्रेष्ठले फुटसल खेलको विकासका लागि नेपालमै पहिलो पटक तनहुँ जिल्लाबाट समिति गठन शुरु गरिएको बताए । फुटबल जस्तै फुटसल खेलको पनि विकास हुनुपर्नेमा अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँका अध्यक्ष समेत रहेका श्रेष्ठले जोड दिए ।

गण्डकी प्रदेश हुँदै सात वटै प्रदेशका ७७ वटै जिल्लामा फुटसलको जिल्ला स्तरीय समिति गठन गरिने छ श्रेष्ठले भने । फुटसल समिति तनहुँका अध्यक्ष कुमार श्रेष्ठले छिटै भौगोलिक क्षेत्र मिलाएर समिति विस्तार गरिने जानकारी दिए । १७ सदस्यीय समिति बनाइनेछ उनले भने । जिल्लामा फुटसल समिति गठन भएसँगै खेलाडी, खेलप्रेमी र प्रशिक्षकहरु उत्साहित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button