कारागारलाई सुधारगृहको रुपमा हेरिनुपर्छ : नगरप्रमुख न्यौपाने

टिम नेपोद्वारा कारागारलाई पुस्तक सहयोग

दमौली । टिम नेपो तनहुँको सहयोगमा जिल्ला कारागार तनहुँका कैदीबन्दीका लागि बिहीबार पुस्तक हस्तान्तरण गरिएको छ ।

व्यासनगरपालिकाको नगरप्रमुख बैकुण्ठ न्यौपाने र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले सामूहिक रुपमा कारागारका सहायक जेलर नारायण प्रसाद अधिकारीलाई उक्त पुतकहरु हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा कारागारमा पुस्तकालय समेत स्थापना गरिएको छ । सो अवसरमा
बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नगरप्रमुख न्यौपानेले कारागारलाई सुधारगृहको रुपमा हेरिनुपर्ने बताएका छन् ।

कारागार भन्ने बित्तिकै घृणाको भावनाले हेरिने गरेको उल्लेख गर्दै यस्ता हेराईमा परिवर्तन हुन आवश्यक रहेको उनले जोड दिए । युवाहरु नकारात्मक प्रतिकको रुपमा देखिने गरेको अवस्थामा युवापुस्ताबाट नै रचनात्मक कार्यको थालनी गरिनु प्रशंसनीय रहेको उनले बताए ।

कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान,चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकोले यसको पूर्ण रुपमा उपयोग गरी ज्ञानबद्र्धक बनाउन र जीवन परिवर्तन गर्न सफलता मिल्ने नगरप्रमुख न्यौपानेको धारणा थियो ।

प्रजिअ सागर आचार्यले संख्यात्मक भन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकियो भने त्यसले सार्थकता पाउन सक्ने बताए । टिम नेपोका केन्द्रिय अध्यक्ष निगम पौडेलले अनुसन्धानको क्रममा कारागारमा पुस्तक आवश्यक देखिएकोले यसलाई अभियानकै रुपमा अघि बढाउन लागिएको बताए ।

देशैभरीका कारागारमा आवश्यक अनुरुपको पुस्तक र पुस्तकालय स्थापनाको लागि अभियानकै रुपमा लैजाने उद्देश्य रहेको उनले बताए । व्यासनगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ,टिम नेपोका सदस्य सागर घिमिरे लगायतका वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए । संस्थाले कारागारलाई रु एक लाख १७ हजार मूल्य बराबरको एक हजार पाँच पुस्तक प्रदान गरिएको टिम नेपो तनहुँका अध्यक्ष गोबिन्द तिमिल्सेनाले बताए ।

यस अभियान अनुरुप शुरुमा अर्घाखाची,स्याङ्जा र तेश्रो जिल्लाकोरुपमा तनहुँको कारागारमा पुस्तक वितरण तथा पुस्तकालय स्थापना गरिएको संस्थाका सचिव मिनबहादुर कुँवरले जानकारी दिए । कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण पश्चात उनीहरुको व्यवहारमा परिवर्तन र मानसिक ःवाःथ्यको लागि पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जिल्ला कारागारमा कैदी एक सय ८७ र थुनुवा ८२ गरी दुई सय ६
जना रहेको कारागार प्रशासनले जनाएको छ ।

सानेबहादुर नेपाली
तनहुँ सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button