कारको ठक्करबाट संरक्षित वन्यजन्तु पाटेबाघको मृत्यु

काठमाडौं । आज बिहान कारको ठक्करबाट पाटेबाघको मृत्यु छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको हो ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button