ओली पक्ष नेकपाको मुल प्रवाह —मन्त्री गुरुङ्ग

भीमाद । नेकपा विभाजनको घडीमा रहेको बेला गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले ओली नेतृत्वको पक्ष नेकपाको मुल प्रवाह भएको दावि गरेका छन् ।

सोमबार भिमादमा भएको बृहत कार्यकर्ता भेलामा बोल्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री गुरुङ्गले अलमलमा नपर्न नेकपाका कार्यकर्ताहरुलाई आग्रह गरे । निर्वाचन आयोगले ओली पक्षधरलाई नै आधिकारिक नेकपा पार्टी भएको पत्र थमाउने दावि गर्दै गुरुङ्गले अलमलमा परेका साथीहरुलाई आफुहरुको पक्षमा ल्याउन पहल गर्नुपर्ने भन्दै नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

बृहत भेलामा संविधान सभा सदस्य टुकराज सिग्देलले पार्टीमा प्रचण्डको बैमानीका कारण विभाजनको संघारमा उभिनुपरेको बताए । यस्तै युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष माधव बास्तोला, केन्द्रिय सदस्य तथा सांसद केदार सिग्देल लगायतका बक्ताहरुले प्रधानमन्त्रीले कानुन सम्वत नै संसद विघटन गरेको भन्दै आगामी निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए ।

भिमाद नगरकमिटीका अध्यक्ष राम बहादुर थापाको अध्यतामा सम्पन्न भएको कार्यक्रममा नगरका सयौँ नेता कार्यकर्ताहरु सहभागि भएको नगर सचिव इमानबहादुर थापाले जानकारी दिए ।

यति बेला नेकपा ओली र प्रचण्ड—माधव पक्ष विभाजित भएपछि नेकपाका कार्यकर्ताहरु दोधारमा रहेका छन् । केन्द्रमा पार्टी र सुर्य चिन्हलाई आ—आफ्नो दावि सहित लडाई चलिरहदाँ दुवै पक्षले स्थानीय तहसम्म आफुहरुको प्रभाव जमाउन धमाधम कार्यक्रमहरु गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button