उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौँ– २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूर्षण दोब्बर भन्दा धेरै बढेको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स ९एक्यूआई० १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढी हो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँमा हिजोदेखि घाम नलाग्नुको कारण पनि पश्चिमी वायुको प्रभाव रहेको भन्दै मौसमविद् डाक्टर ऋषिराम शर्माले काठमाडौँ उपत्यकाको वायु पनि धेरै खराब रहेको बताएका छन् ।

घर बाहिर हिनडुल गर्नेले पनि अहिलेको वायु प्रदूर्षणको अवस्था थाहा पाउन सक्ने बताउँदै जनस्वास्थ्यविदहरुले अहिले घरबाहिर ननिस्कन सुझाव पनि दिएका छन् । घरबाहिर हिँड्नेले आँखा पोल्ने गरेको तथा लगातार हेर्न समस्या भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button