हराएको सात थान मोबाइल हस्तान्तरण

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले हराएको सात थान मोबाइल फेला पारी मोबाइल धनीलाई सोमबार हस्तान्तरण गरेको छ ।

प्रहरीले हराएको छ महिना पछि मोबाइल फेला पारेर मोवाइल धनीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए

बिभिन्न मितिमा र बिभिन्न स्थानबाट हराएका तथा चोरी भएका मोबाइलहरुको खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले खोजतालास गर्दै जाँदा उक्त हराएका तथा चोरी भएका मोबाइल फेला परेको क्षेत्रीले बताए ।

यसरी पक्राउ परेका एप्पो,सामसुङ, भिभो,हुवाई,रेलमी लाभा लगायतका कम्पनीका मोवाइल गरी करिब रु.एक लाख २९ हजार पाँच सय बराबरको मोबाइल संम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button