बन्दिपुरका सरकारी कार्यालयमा ईन्टरनेट जडान

बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका भित्र रहेका वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा गाउँपालिकाले ईन्टरनेट जडान गरेको छ । गाउँपालिका भित्र रहेका कार्यालयहरु मार्फत सहज रुपमा सेवा प्रदान गर्न ईन्टरनेट जडान गरेको गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले जानकारी दिए ।

गाउँपालिकाका ६ वटा माध्यामिक विद्यालय, ६ वटा वडा कार्यालय र ७ वटा स्वास्थ्य संस्थामा ईन्टरनेट जडान भएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाका कार्यालयहरुमा ईन्टरनेट जडानका लागि २० लाख रुपौया बजेट विनियोजन भएको रकमबाट ईन्टरनेट जडान बताए । वडा कार्यालय, स्वास्थ्य कार्यालय र विद्यालयमा ईन्टरनेटको पहुँच हुदाँ गाउँपालिकाका यि कार्यालयहरु सुचना प्रविधिमैत्री हुने बताए ।

गाउँपालिका भित्र रहेका कार्यालयहरुमा ग्रामिण दुर संञ्चार नेटले जडान गरिएको छ । उक्त संञ्चारले उक्त कार्यालयहरुमा २ बर्ष सम्म निशुल्क ईन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

ईन्टरनेटको पहुँच हुदाँ शिक्षकले पढाईको क्रममा सोही अनुसारको दृष्यहरु देखाउदा दिर्घकालिन शिक्षा प्राप्त हुने हुदाँ ईन्टरनेटको जडान प्रभावकारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु खत्रि क्षेत्रिले जानकारी दिए । ईन्टरनेट मार्फत विद्यालयलाई जोडी शिक्षा क्षेत्रमा फड्को मार्न समेत सहज हुने शिक्षा शाखा प्रमुख क्षेत्रीले बताए । गाउँपालिका भित्र ३१ वटा विद्यालयहरुमा मा.वि तहका ६ वटा विद्यालयमा ईन्टरनेटजडान भईसकेको क्षेत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button