नागरिकको दुखमा खटिने गाउँपालिकाका अध्यक्ष

मानव उद्धारका लागि आधा रातसम्म जंगलमा

अशोक विश्वकर्मा/भीमाद ।  झण्डै तीन बर्ष अगाडी विस २०७४ बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पछि देशको ७ सय ५३ पालिकाहरुमा प्रतिनिधित्व गर्ने अधिकाँश जनप्रतिनिधिको अवस्था फेरिएको छ । ब्यस्तता सँगै फेरिएको अवस्थाका जनप्रतिनिधीहरु मध्ये सदावहार अर्थात निर्वाचन ताकाकै अवस्थामा जस्तो देखिन्छन् तनहुँको घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रनबहादुर राना ।

जनताको दुख र सुखलाई नजिकबाट महशुष गर्न सक्ने खुबी भएको थापा गत सोमबार राति मोबाइलका मधुर उज्यालो सहित जंगल विचमा भेटिए । बेसहार बनेर बर्षाै अघि देखि जंगलको एक ओडारमा बस्दै आएका बमबहादुर नेपालीको उद्धारका लागि उनी त्यहाँ पुगेका थिए ।
मानव उद्धार सेवा केन्द्रले बेसहारा नागरिकहरुको संरक्षण गर्ने जानकारी पाएपश्चात उनको उद्धार गरेर केन्द्रमा लैजान गाउँपालिकाका अध्यक्ष थापा आफै तयार भएका हुन् । साँझ केन्द्रका कर्मचारी सहितको टोली आएपछि टोली सहित थापा भिमाद नगरपालिकाको मालेबगर नजिक रहेको जंगलमा रहेकोे ओडारमा उद्धार गर्न पुगेका थिए ।

केन्द्रका कर्मचारीहरुलाई थापाले सरकारले गर्नुपर्ने कार्य केन्द्रले गर्ने प्रयास गरेको भन्दै खुशी ब्यक्त गरे । उनले यस्ता सस्थाहरुलाई गाउँपालिकाको तर्फबाट हुन सक्ने सहयोग प्रदान गर्ने समेत सो अवसरमा बताएका थिए । रातको समयमा उद्धारको लागि टोली सहित गाउँपालिकाका अध्यक्ष पुगे पनि सोमबार राति भने नेपालीको उद्धार गर्न नसकिएको थापाले बताए । भिरालो जमिनको खोँच (ओडार)मा कष्टकर जीवन विताउदै आएका साइलालाई लिन जाँदा उनी त्यहाबाट भागेका थिए ।

केही समय जंगल जंगल खोज्ने प्रयास गरेपनि मानसिक अवस्था समेत ठिक नभइका नेपालीलाई नभेटिएपछि केन्द्रका कर्मचारीहरु पोखरा फर्किका थिए । तर मंगलबार विहान गाउँपालिकाका अध्यक्ष आफैले उनको उद्धार गरेर आश्रममा स्वयं पु¥याउन गएका थिए ।

भिमादका स्थानीय दुई पत्रकार र सन्तोष विक र सालिकराम सुनारले पहल गरेपछि उनलाई आश्रमले उद्धार गरेको हो । यससँगै तनहुँबाट आश्रमले १० जनालाई उद्धार गरिसकेको छ । जिल्लाको ब्यान नगरपालिकाबाट ५, शुक्लागण्डकी नगरपालिकाबा ४ र भिमादबाट घिरिङ्गका १ जनाको उद्धार गरिएको हो ।

सम्वधित गाउँपालिकासँगको अनुमतिबाट मात्र उद्धार गर्दै आएको मानवीय सेवमा समर्पित सस्थाले हालसम्म झण्डै ५ हजार जनाको उद्धार गरिसकेको छ ।

विभिन्न उमेर समुहका अविभावक÷संरक्षक विहिन नागरिकहरुलाई ८ बर्षको अवधिमा उद्धार गरिएको आश्रमका रामजी अधिकारीले जानकारी दिनुभयो । उहाँले विस २०६९ सालमा स्थापना भएको आश्रमले सञ्चालन गरेको एक महिने उद्धार अभियानमा मात्र हालसम्म ४ सयभन्दा बढीको उद्धार गरिएको बताउनुभयो ।

आश्रममा कार्यरत रहेकाहरुले सडकमा मानव जीवनको कष्टकर दैनिकी भोगेकाहरु लगि उद्धार गर्न यही पौष ७ गतेदेखि माघ ७ गतेसम्म एक महिने मेचिमहाकाली उद्धार अभियान सञ्चालन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button