जिल्ला स्तरीय युवा विचार लेखनमा घिरिङका सुविन श्रेष्ठ प्रथम

हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाद्धारा आयोजित तनहुँ जिल्ला स्तरीय युवा विचार लेखन प्रतियोगितामा घिरिङका सुविन श्रेष्ठ प्रथम भएका छन् । प्रतियोगितामा सहभागि ९ जनालाई पछाडी पादै श्रेष्ठ प्रथम भएका हुन् ।

यसै गरि विचार लेखन प्रतियोगितामा द्धितीय शुक्लागण्डकी नगरपालिका २ का प्रज्वल गुरुङ, तृतीय शुक्लागण्डकी नगरपालिका वडा नं. ५ की शिला गुरुङ र सान्त्वनामा शुक्लागण्डकी वडा नं. ५ का समिर अहमद मुसलमान र वडा नं. ३ का अजय पौडेल रहेका छन् । विचार लेखन प्रतियोगितामा जिल्ला भित्रका १६ देखी २४ बर्ष उमेर समुहका युवाहरुको सहभागि रहेका थिए ।

राष्ट्रिय युवा परिषद अन्र्तगत रहेर नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा प्रथमलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र सानत्वना हुनेलाई ३ हजार साथमा प्रमण पत्र प्रदान गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी दिए । राष्ट्रिय युवा परिषदको २०७७÷७८ को स्वीकृत बार्षिक कार्यक्रम युवाका विभिन्न प्रतिभाको खोजी र प्रोत्साहनका लागि यस बर्ष शुक्लागण्डकी नगरपालिकालाई जिम्मा परेको चापागाईले बताए । गत बर्ष यस कार्यकम व्यस नगरपालिकालाई परेको थियो ।

जिल्ला स्तरीय युवा विचार लेखन प्रतियोगिताको नतिजा शुक्लागण्डकी नगरपालिका शिक्ष, युवा तथा खेलकुद विकास शाखाको सुचना मार्फत सार्वजनिक गरेको छ । जिल्ला स्तरीय विचार लेखनमा प्रथम हुनेलाई प्रदेश स्तरीय युवा विचार लेखन प्रतियोगितामा पनि सहभागि हुन पाउने शाखा प्रमुख चापागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button