धार्मिक स्थल च्यवनधामको आठौं बार्षिक साधारणसभा सम्पन्न

दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ स्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. २ का वडाध्यक्ष जगत बहादुर गुरुङले च्यवनधाम मन्दिर यस क्षेत्रकै आकर्षक धार्मिक क्षेत्रका रूपमा स्थापित भएको बताए । वडाकै गौरबको क्षेत्र समेत रहेको मन्दिरको विकास निर्माण कार्यका लागि स्थानिय तहबाट गर्नुपर्ने सहयोगका लागि वडा कार्यालय संधै तयार रहने बताए । नगरकै पर्यटकीय गनत्व्यको रुपमा च्यवनधाम मन्दिरलाई स्थापित गर्नका लागि समितिले प्रचार प्रसारमा बिशेष जोड दिनुपर्ने बताएका छन् ।

बार्षीक साधारण सभामा मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम समितिका सचिव दुर्गादत्त सापकोटाले गत आर्थिक बर्षको प्रगति एंव् आगामी आर्थिक बर्षको कार्ययोजना सहितको प्रतिवेदन र कोषाध्यक्ष शुशिला भुजेलले आर्थिक बर्ष ०७६÷७७ को आयव्यय विवरण सहितको प्रतिवेदनहरू प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत गरेका प्रतिवेदनहरु बार्षिक साधारणसभाले पारित समेत गरेको थियो ।

२०६७ सालमा महायज्ञ आयोजना गरी निर्माण गरिएको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम क्षेत्रमा शुक्लेश्वर महादेव लगायत विभिन्न देवी देवताका मन्दिर, बौद्व गुम्बा, १०८ पिपलको चौतारी, च्यवन ऋषिको शालिक सहितको स्तम्भ लगायतका संरचना निर्माण भईसकेका छन् । यसै आर्थिक बर्षमा गण्डकी प्रदेश सरकारको सहयोगमा अन्नपुर्ण हिमश्रृङ्खलाको कृतिम आकृति निर्माण सम्पन्न गरिने योजना समेत रहेको च्यवन धाम समितिकी सहसचिव अस्मिता खनालले जानकारी दिईन् ।

साधारणसभा कार्यक्रममा धामका उपाध्यक्ष होमनाथ लम्सालको अध्यक्षतामा सम्पन्न साधारणसभामा च्यवनगुम्बा संरक्षण समितिका अध्यक्ष टेक बहादुर फकामी पुन, च्यवनधामका पुर्व अध्यक्ष लेख बहादुर पुन, स्थानीय यम प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button