तनहुँका स्थानीय तहमा भ्रष्टचार बढ्यो, अख्तियारमा उजुरीको चाङ

अशोक विश्वकर्मा/ तनहुँ ।
देश संघियतामा गएपछि स्थानीय तहमा ब्यापक रुपमा भ्रष्टचार र अनियमितता हुने गरेको तथ्याङ्गकले देखाएको छ । मन्त्रालयगत रुपमा हुने अनियमितताका उजुरीहरु मध्ये तनहुँको मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा ७८ वटा परेका छन् । जिल्लामा पछिल्लो समयमा संघियता मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतमा रहेका कार्यलय विरुद्धमा उजुरी बढी पर्ने गरेको छ ।

सोही मन्त्रालय अन्तर्गत पर्ने स्थानिय तहमा भएका अनियमितताको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा बढी पर्ने गरेको आयोगका सुचना अधिकारी मेघनाथ रिमालले जानकारी दिनुभयो ।

उहाँले स्थानिय तहले गठन गरेको उपभोक्ता समितीबाट हुने अनियमितता, अवैध रुपमा हुने ढुँगा गिट्टी बालुवा लगायतमा जनप्रतिनिधिहरुको मिलेमतो, सामान खरिदमा प्रतिष्पर्धा नगराएको, मापदण्ड विपरित घर÷बाटो विस्तार गरेको जस्ता प्रकृतीका उजुरीहरु बढी परेको बताउनुभयो ।

चालु आर्थिक बर्षको पुष अन्तिमसातासम्म तनहुँबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ४७ वटा उजुरी परेको छ जस्मधे ३५ उजुरी संघीय मामिला अन्तर्गत र १० उजुरी शिक्षा शाखा तर्फबा छन् । रिमाले जिदएको जानकारी अनुसार संघीय मामिला तर्फका ७ उजुरी मात्र फट्यौट भएका छन् अन्य उजुरी उपर छानविन र अनुसन्धान बाँकी रहेका छन् । यस्तै शिक्षा तर्फका १ उजुरी मात्र फट्यौट भएको छ ।
जिल्लाबाट दोस्रो सर्वाधिक धेरै उजुरी पर्नेमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ । मन्त्रालय विरुद्धमा ८ उजुरी परेको छ । जसमध्ये विभिन्न विद्यालयमा अध्यक्ष तथा प्रधानाध्यापक नियुक्ती गर्दा प्रक्रिया नपुगेका, नक्कली प्रमाण पत्रका आधारमा जागिर खाने गरेको लगायतका उजुरी बढी रहेको छ ।

अख्तियारमा भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत का ४, प्रदेश अन्तर्गत रहने वन तथा वातावरण तर्फ ५, खानेपानीका ५, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको २ वटा, अन्य मन्त्रालय अन्तर्गतका कार्यालयमा हुने अनियमिताका १÷१ वटा उजुरी परेको कार्यालयले जनाएको छ ।

प्रबक्ता रिमालले दिएको जानकारी अनुसार तनहुँका ६८ उजुरीहरु फट्यौट हुन बाँकी रहेका छन् भने अघिल्लो बर्षको ४९ उजुरीहरुको जिम्मेवारी समेत यस आर्थिक बर्षका लागि सरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button