संसद विघटन पुनस्थापना भएरै छाड्छ : केन्द्रिय सदस्य

तनहुँ,  नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य पिएल श्रेष्ठले संसद विघटन पुनस्थापना भएरै छाड्ने जिकिर गर्नुभएको छ ।
नेकपा व्यासनगरपालिका–१ वडा कमिटीद्वारा मंगलबार वडा कार्यालयमा कालो ब्यानर टाँस्ने कार्यक्रमको उद्घाटन गर्दै नेता श्रेष्ठले सो कुरा बताउनुभएको हो ।

पार्टी अहिले दुई तिर छ । एकै ठाउँमा आउनुपर्छ । नेता श्रेष्ठले भन्नुभयो ‘संसद विघटन पुनस्थापना गर्नुपर्छ ,भएरै छाड्छ,हुन्छ पनि ।’
अहिले जनताले निर्वाचन चाहेका छैनन् । उहाँले भन्नुभयो ‘दुई बर्ष सम्म निर्वाचन हुनै सक्दैन् ।’ संसद विघटन कसैले नचाहेको उल्लेख गर्दै नेता श्रेष्ठले कोरोनाका कारण थला परेको अवस्थामा निर्वाचनको कुनै औचित्य नहुने उहाँले बताउनुभयो । मानिसले बिहान बेलुको समयमा छाँक टार्न धौ धौ र अर्थतन्त्र डामाडोल भएको अवस्थामा निर्वाचन हुन सक्दैन् । उहाँले भन्नुभयो ‘पार्टी एकता भएरै छाड्छ र हाम्रै सरकार बन्छ ढुक्क हुनुहोला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button