समाचारको प्रभाव : सुनितालाई घरमै पुगेर प्रेमले दिए आर्थिक सहयोग

हरि खरेल/दुलेगौडा । केही समय अघि तनहुँ खबर राष्ट्रिय दैनिक र अन्य सञ्चार माध्याममा सुनिता थारुको अवस्थाको र सहयोगको याचना सहितको समाचार संम्प्रेषण भएपछि उनको उपचारका लागि सहयोग आउन थालेको छ । गत असार ११ गते सवारी दुर्घटनामा परि गम्भिर घाईते भएकी तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडा बस्ने २७ बर्षीय सुनिता थारुको लागि सहयोगहरु जुट्न थालेसँगै उनका श्रीमान भागिरामलाई श्रीमती निको हुने झिनो आशा पलाएको छ ।

उपचारको लागि आर्थिक अवस्था कमजोर रहेका कारण विगत ४ महिनादेखी सनिताले दयनीय अवस्था गुजारिरहेकी छन् । मेरुदण्डको चोटका कारण उठ्न समेत नसक्ने अवस्थामा रहेकी थारुलाई चोटभन्दा बढी आर्थिक अभावले पिडा दिएको छ ।

उनीको अवस्थाको बारेमा तनहुँ खबरले तयार पारेको भिडियो सामाग्री देखेपछि गाछेपानीका प्रेम तिवारी आर्थिक सहयोग गर्न विहिबार सुनिताको निवासमा पुगे । लियो क्लब अफ दुलेगौडा खैरेनी सिटिका प्रथम उपाध्यक्ष एवम् नेश्नल ड्राङभिङ्ग इन्सिट्यिुचका संञ्चालक तिवारीले आफ्नो जन्म दिनको उपलक्ष्यमा थारुलाई पाँच हजार पाँच रुपैयाँ सहयोग गरी फर्किए । जन्मदिनमा हुने फजुल खर्चलाई सुनिताको उपचारका लागि सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको तिवारी बताए ।

तिवारीसँगै पुगेको लियो क्लबका सदस्यहरु सुरेस पौडेल, विनोद पोख्रेल, विवेक वाग्ले र कृति तिवारीहरुले पनि थारुको उपचारका लागि भन्दै थप २ हजार पाँच सहित ७ हजार हजार पाँच सय पाँच रुपैया भागिरामलाई हस्तान्तरण गरेका थिए ।

केही समय अगाडी थारुको उपचारका लागि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल दुलेगौँडाका प्रो. राजु विश्वकर्माले ३ हजार १ सय रुपैयाँ, स्मृत फेन्सीकी प्रो. राजकुमारी अधिकारीबाट १ हजार रुपैयाँ र गुरुङ किराना पसलबाट १ हजार रुपौया अर्थिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button