कोभिड–१९ बिरुद्वको खोप : तीन सय १९ स्वास्थ्यकर्मीले लिए

दमौली ।  तनहुँमा तीन सय १९ जनाले कोभिड–१९ बिरुद्धको खोप लगाएका छन् । बुधबार एक सय चार र बिहीबार दुई सय १५ जनाले कोभिड–१९ बिरुद्धको खोप लगाएका हुन् ।

व्यासनगरपालिका,म्याग्दे र ऋषिङगाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई बुधबार र बिहीबार दुई उक्त खोप लगाउन समय तालिका निर्धारण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । व्यासनगरपालिका अधिकाँश स्वास्थ्यकर्मीले भने खोप लिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो ।

व्यासनगरपालिकाले भोली शुक्रबार चौथो व्यासनगर अल्ट्रा म्याराथन आयोजना गरेको कारण व्यासका स्वास्थ्यकर्मी व्यस्त हुँदा खोप लगाएका छैनन् । उहाँले भन्नुभयो ‘म्याराथन सकिएपछि समय मिलाएर छुटेकालाई खोप दिइन्छ ।’

नेपाल सरकारले कोरोनाका समयमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई पहिलो चरणमा कोभिड–१९बिरुद्धको खोपको व्यवस्था गरेको हो । शुक्रबार शुक्लागण्डकी,भीमाद र घिरिङ गाउँपालिकाका स्वास्थ्यकर्मीले उक्त खोप लगाउने गरी समय तालिका निर्धारण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा एक हजार ६ सय ७९ जना स्वास्थ्यकर्मीले पहिलो चरणमा लगाउे छन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिका रहेका छन् । जसअनुसार व्यासनगरपालिकामा–५५८, शुक्लागण्डकी नगरपालिकामा–२६७, भिमाद नगरपालिकामा–१७७ र भानुनगरपालिकामा–१७१ जना स्वास्थ्यकर्मीहरु रहेका छन् ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा–१५, ऋषिङगाउँपालिकामा–९८, देवघाट गाउँपालिकामा–८७, म्याग्दे गाउँपालिकामा–८२, आँबुखैरेनी गाउँपालिकामा–७३ र घिरिङगाउँपालिकामा–६१ गरी कूल एक हजार छ सय ७९ जना स्वास्थ्यकर्मीलाई उक्त खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

उक्त अभियान माघ १९ गते सम्म संञ्चालन गरिने छ । उहाँले भन्नुभयो ‘सबै तहका स्वास्थ्यकर्मीहरुलाई दमौली अस्पतालमा नै आएर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ ।’

खोपबाट हुन सक्ने अवाञ्चित घट्ना व्यवस्थापनको लागि दमौली अस्पतालमा नै आएर खोप लगाउन व्यवस्था गरिएको दमौली अस्पतालका मेडिकल सुपरिटेन्डन डा.सुनिल पौड्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button