बिजुली पुग्यो घिरिङ्गको कुमाल बस्तीमा

घिरिङ ।  तनहुँको ग्रामिण क्षेत्रमा अझै पनि विद्युतीकरण नहुदाँ स्थानीयहरु टुकी बत्तीको उज्यालोमा रात कटाइरहेका छन् । समृद्धीको नारा सुन्दै आएका घिरिङ्ग गाउँपालिकाका ४ गड्यौलीटारका कुमाल बस्तीका नागरिकहरुले शुक्रबार बल्ल गाउँमा विकास पुगेको अनुभव गर्न पाए ।

अहिलेसम्म विजुली बत्तीको उज्यालो गाउँमा अनुभव गर्न नपाएका यहाँका २ सय २० घरमा विद्युत जडान गरिएको छ । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शुक्रबार गड्यौलीटारमा विजुली बत्ती बालेर विद्युतीकरण गर्न सफल भएको घोषणा गरेका थिए ।

गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयहरुको घरमा विद्युत् पुगेको बताउदै अध्यक्ष रानाले बाँकी रहेका खुम्लिङ्गटार, गजौलीटार र आसपासका गाउँमा बिद्युत विस्तार हुने दावि गरे । उनले अन्य गाउँमा पनि विजुली पु¥याउन अन्तिम तयारीमा गाउँपालिका रहेको बताउदै घिरिङ्ग गाउँपालिकाका नागरिकहरुको टुकि बाल्ने दिनको अन्त्य गर्ने अभियानमा आफुहरु रहेको बताए ।

एक कार्यक्रम सहित विद्युतीकरणको खुशीयाली साट्न गड्यौलीटार पुगेका गाउँपालिकाका अध्यक्ष रानालाई धन्यवाद दिदै कुमाल बस्तीका स्थानीय प्रकाश कुमालले गाउँमा विकास भित्रिएकोमा खुशी ब्यक्त गरे ।

गड्यौलीटार सहित नयाँटारमा गत तिहार पर्व अघि नै विद्युत पु¥याउने तयारी भएको भएता पनि प्राविधिक कारणले सफल हुन नसकेको घिरिङ्ग विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन पश्चात घिरिङ्गका विभिन्न बस्तीमा विद्युतीकरण भईरहेको छ भने अव झण्डै एक सय पचास घरमा विद्युतीकरण गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button