शुक्लागण्डकी नेल्टाको अध्यक्षमा पौडेल

दुलेगौडा । तनहुँको शुकलागण्डकी नगरपालिकामा नेपाल पशु स्वास्थ्य सेवा प्रविधिक संघ (नेल्टा) नगर स्तरीय समितिमा सविन पौडेल सर्वसम्वत चयन भएका छन् । शुक्रबार नेपाल पशु स्वास्थ्य सेवा प्रविधिक संघ तनहुँको आयोजनामा नगरस्तरीय १९ सदस्य समितिको गठन भएको हो ।

नगरभित्र रहेका पशुपालक तथा कृषि क्षेत्रमा आबद्ध किसानहरुको समस्या समाधान र न्यायका लागि सक्रिय रहने संस्था रहेको नगरस्तरीय समितिका अध्यक्ष एवम् नायब पशु सेवा प्राविधिक पौडेलले जानकारी दिए । पशु पालक किसानहरुलाई पशु पालन सम्बन्धी ज्ञान तथा तालिम दिने, पशुहरुमा लाग्ने रोगको समाधानका विषयमा पहल गर्ने साथै कृषि क्षेत्रमा परेका विभिन्न समस्याका बारेमा कृषकहरुसंग नजिक रही सहकार्य गर्ने बताए ।

नगरस्तरीय समितिमा उपाध्यक्षमा अर्जुन ढकाल, सचिवमा रामचन्द्र पौडेल, सह सचिवमा कृष्ण कार्की, कोषध्यक्षमा देवेन्द्र खनाल रहेका छन् । यसै गरि सदस्यहरुमा सुदिप शर्मा, सुमित वि.क, सुशान्त सापकोटा, सुस्मा भुसाल, पुष्पा खड्का, सन्तोस खनाल, निरु सुनार, अनु भट्टराई, देवेन्द्र श्रेष्ठ, रोशन थापा, सुनिा कार्की, जिमि गुरुङ, खेम बहादुर राना र सविन वाग्ले रहेका छन् ।

कार्यक्रम नेपाल पशु स्वास्थ्य सेवा प्रविधिक संघ तनहुँको प्रमुख देवेन्द्र खनाल, नेपाल पशु स्वास्थ्य सेवा प्रविधिक संघका केन्द्रीय समितिका अध्यक्ष जनक रावल, कर्मचारी आधिकारिक ट्रेड युनियनका तनहुँ अध्यक्ष राजिव श्रेष्ठ, शुक्लागण्डकी युनेस्को केन्द्र अध्यक्ष भीष्म श्रेष्ठ, नेवि सङ्घ तनहुँ काठमाडौँ सम्पर्क समिति सचिव मनिस अर्याल, नेल्टा संघका महासचिव सुरेस श्रेष्ठ लगायत नगरका प्राविधिक समुहहरुको उपस्थितिमा संघको गठन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button