लायन्सद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका वडा न. ५ स्थित श्री पन्चकन्या प्रा.वि साउनेपानीलाई लायन्स क्लब अफ शुक्लागण्डकीले एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

विद्यालयको आवश्यकतालाई मध्यनजर गरि क्लबमार्फत कम्प्युटर हस्तान्तरण गरेको क्लबका अध्यक्ष लायन मिन बहादुर लामिछान जानकारी दिए । विद्यालयलाई प्रदान गरिएको कम्प्युटरको सहि सदुयोग गरि सिकाई सहजिकरणमा सहयोग हुने अपेक्ष राखेका छन् ।

वितरण कार्यक्रममा बोल्दै डिष्ट्रीक्ट चेयरपर्शन विकास भुर्तेलले क्लवले गरेको कार्यको प्रशंसा व्यक्ति गरे । कम्प्युटर हस्तान्तरण कार्यक्रममा लायन्स क्लवका जोन चियर पर्सन प्रदिप थापा, म्याग्दे गा.पा.–५ का वडा अध्यक्ष शिव बहादुर आले, लायन्स क्लब अफ खैरेनीका अध्यक्ष राज बहादुर थापा, लायन्स क्लब अफ शुक्लागण्डकी टाउनका क्षितिज थापा, लायन्स क्लब अफ खैरेनीका सदस्य तथा समाजसेवी ला. हीरा ब. गुरुङ्ग, लायन मदन गौली, विद्यालयका प्र.अ. कुमारी आले, विद्यालय व्य. वि. स. का अध्यक्ष सुमित्रा थापा, पुर्व शिक्षिका तथा समाजसेवी माया गुरुङ्ग लगायतले बोलेका थिए ।

कार्यक्रममा ध्वजाको अभिवादन क्लबका सदस्य ला. राम्जी तिमिल्सिना गरेका थिए भने स्वागत क्लबका प्रथम उपाध्यक्ष दिपेन्द्र थापाले गरेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव खुम राइले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button