बन्दले जनजीवन प्रभावित

ठाउँठाउँमा झडप, केन्द्रिय नेता सहित १६ जना पक्राउ

अशोक विश्वकर्मा/ दुलेगौडा ।  विहीबार नेकपाको प्रचण्ड माधव पक्षले आह्वान गरेको नेपाल बन्द सहितको आम हड्तालले जनजीवन प्रभावित बन्न पुयो । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि मध्यावदि निर्वाचन गर्ने निर्णय गरेपछि असन्तुष्ट बनेको प्रचण्ड माधव पक्षले आमहड्ताल आह्वान गरेका हो । गत बुधबार सरकारको तर्फबाट संवैधानिक निकायमा गरिएको नियुक्तीले थप आक्रोशित भएको यो समुहले आम हड्ताल गरेपछि तनहुँसँगै देशभरको जनजीवन अस्तब्यस्त बनेको थियो ।

बन्दका कारण तनहुँका बजारहरु खुल्न सकेनन् भने वित्तीय, शैक्षिक लगायतका सस्थाहरुको सेवा प्रभावित बन्न पुग्यो । बन्दकर्ताहरुले जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौडा, खैरेनीटार लगायतका बजार क्षेत्रमा न्यून संख्यामा खुलेका पसलहरु समेत बन्द गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्काे नारा सहित खैरेनीटार देखि दुलेगौडा आएको समुहले बजार बन्द गर्न दवाव दिएका थिए । सडक आन्दोलनको नेतृत्व पुर्वमन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले गरेकी थिइन् । उनको नेतृत्वमा भएको आमहडड्ताल शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो ।

केन्द्रिय नेता सहित कार्यकर्ता पक्राउ
बजार बन्द गराउन संलग्न भएको आरोपमा विहिबार विहानै नेकपाका केन्द्रिय सदस्य प्रताप लाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रिय सदस्य श्रेष्ठ सहित १६ जना नेकपाका कार्यकर्ताहरुले पक्राउ गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बजार बन्द गराउदै हिडेको आरोपमा पक्राउ परेकाहरुमा नेताहरु अतिन्द्रकेशरी न्यौपाने, श्रीराम कार्की मंगल प्रसाद श्रेष्ठ, मदन आले, युवा संघ नेपाल तनहुँका अध्यक्ष इश्वर बस्याल, लगायत रहेका छन् । उनीहरुले सडकमा मोटरसाइकल चलाउन समेत अवरोध गरेपनि पक्राउ गरिएको हो । नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने क्रममा केही झडप समेत भएको थियो । आफ्ना नेता तथा कार्यकर्ताहरु पक्राउ परेपछि केन्द्रिय सदस्य आशा कोइरालाले तत्काल रिहाई गर्नका लागि विज्ञेप्ती सहित आग्रह गरेकी थिएन ।

स्वतन्त्र युवाहरुद्धारा बन्दको विरोधमा ¥याली
दुलेगौडा र दमौलीमा युवाहरुले बन्द गराउन नपाइने भन्दै ¥याली प्रदर्शन गरेका छन् । पार्टी भन्दा माथि देश भन्ने नारा सहित उनीहरुले बन्द गराउदै हिडेकोहरुको विरोधमा ¥याली पद्रर्शन गरेका हुन् । दुलेगौडाबाट खैरेनीटारसम्म मोटर साइकलमा बजार बन्द गर्न पाइदैन भन्दै निस्किएका युवाहरुका सम्ुहसँग बन्द कर्ताहरुको केही बेर झडप समेत भएको थियो । बेलचौतारमा नेकपा समर्थित बन्दकर्ताहरुले ¥यालीमा सहभागि भएकाहरुलाई ढुंगाा प्रहार गरेको ¥यालीमा सहभागि भएका सुरेश पौडेलले जानकारी दिए । उनले बन्दको विरुद्धमा आवाज उठाएको भन्दै आफुहरु माथि कुटपिट समेत भएको बताएका छन् । यस्तै दमौली बजारमा समेत युवाहरुले बन्दको विकल्प खोज्नुपर्ने भन्दै आम हड्तालको विरोध गरेका थिए ।

बन्दका कारण जिल्लाको दमौली बजार सहित दुलेगौडा, खैरेनीटार, भिमाद, डुम्रे लगायतका बजारहरु बन्द भएका थिए । यस्तै देशका विभिन्न स्थानमा सवारी साधन माथि तोडफोड देखि झडपमा नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button