दुखमा पढेको सुनिलद्धारा दुखिलाई पढाउन अक्षयकोष स्थापना

भिमाद । गरिवी र अभावका विचमा शिक्षा हासिल गरेका जनज्योति क्याम्पस भिमादका स्ववियु सभापति सुनिल श्रेष्ठले जन्मदिनका अवसरमा २ लाख रकम सहितको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । आर्थिक अभावका कारण शिक्षा ग्रहण गर्नबाट बञ्चित हुनुपर्ने वातावरण नहोस् भन्ने हेतुले श्रेष्ठले क्याम्पस र विद्यालयका विद्यार्थीहरुलाई छात्राबृत्तिमा पढाउन अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

उच्च शिक्षा तर्फ ३ जना र विद्यालय तहमा ३ जना गरि जम्मा ६ जनालाई अक्षय कोषका रकमबाट पढाउन लक्ष्य श्रेष्ठले राखेका छन् । “चरम गरिवीमा पढ्नुपर्ने बाध्यताको महशुष गरेको छु ।” श्रेष्ठले बुधबार क्याम्पसमा अक्षयकोष स्थापना गर्दै भने “न्यून आर्थिक अवस्था हुने साथिहरुले पढ्न पाउनेछन् ।”

अक्षयकोष स्थापना कार्यक्रममामा सहभागि भएका क्याम्पसका अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला कार्यवहाक सभापति जितप्रकाश आलेले छात्रावृत्तिको आवस्यकता हुने विद्यार्थीहरुले लाभ लिन सक्ने अक्षयकोषको सदुयोग हुने बताए । उनले विद्यालय तथा क्याम्पसम अक्षयकोष निर्माण गर्ने दाताहरुको अभावमा छात्राबृति प्रदान गर्न नसकिएको बताउदै अव केही सहज हुने विस्वास ब्यक्त गरे ।

सोही विद्यालयका पुर्व विद्यार्थी समेत रहेको श्रेष्ठ नेपाली काँग्रेसको सक्रिय राजनितिमा समेत सक्रिय रहेको छन् । उनलाई शुभकामना तथा बधाई दिदै नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि चुडामणी खनाल, नेवि संघ तनहुँका सदस्य सुरज लम्साल लगायतका अध्यक्षकोषमा आर्थिक सहयोग गरेका थिए । सुनिलले स्थापना गर्ने नेविसंघ छात्रावृत्ति अक्षयकोषका लागि विभिन्न ब्यक्तिहरुले रकम सहयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button