दलित समुदायले बनाएको मन्दिर उद्घाटन

घिरिङ्ग । घिरिङ्ग गाउ्रँपालिका ५ ध्यानुङ्गमा बु्धबार आमा समुहले निर्माण गरेको शिवालय मन्दिरको उद्घाटन तथा शिवजीको मुर्ती अनावरण गरिएको छ । दलित समुहका महिलाहरुको अगुवाईमा गठन भएको लालिगुराँस आमा समुहले मन्दिर निर्माण गरेका हो ।

उक्त मन्दिरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले दलित समुदायको सक्रियतामा बनेको मन्दिरले समाजमा विभेदको अन्त्य गर्न भूमिका खेल्ने विस्वास ब्यक्त गरे । रानाले मन्दिर र शिवालय क्षेत्रको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै रानाले दलित समुदायमाथि हुने विभेदको घटनाहरुको विपक्षमा लाग्न सवैलाई आग्रह गरे ।

आमा समुहकी अध्यक्ष निरमाया बिक अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने सुनचाँदी ब्यवसायी सुरेश सेन्चुरी सुमन र उनकी धर्मपत्नी ज्ञानुमाया विकलाई सम्मान गरिएको थियो । उनीहरुले मन्दिरमा शिवको मुर्ति स्थापना गर्नका लागि ४३ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा नेकपा घिरिङ्गका अध्यक्ष होम बहादुर थापा ,सचिब भुवन सिं बिक लगायतले समातामुलक समाज निर्माणका लागि पछाडी परेका समुदायहरुलाई विकास निर्माणको नेतृत्वमा पनि सहभागि गराउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button